राष्ट्र बैंकले सोमबार १० अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले सोमबार १० अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागिएको जनाएको छ ।

त्यसमा आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि हो । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ ।

बैंकले यसअघि यही चैत २३ गतेसमेत २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।