काठमाडौं- युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नाफामा उच्च सुधार आएको छ । अधिकांश लघुवित्तको नाफा घटिरहेको बेलामा भने युनिक नेपाल लघुवित्तको नाफा बढेको हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा संस्थाको मुनाफा ३ करोड ३२ लाख २६ हजार रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको तुलनामा ११८.८२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा संस्थाको मुनाफा १ करोड ५१ लाख ८४ हजार रुपैयाँमा कायम थियो ।
हाल लघुवित्तको खुद ब्याज आम्दानी भने गिरावट आएको छ । गिरावट भएको ब्याज आम्दानी ११ करोड ८१ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा संस्थाको उक्त आम्दानी १३ करोड ४० लाख ३३ हजार रुपैयाँ रहेको थियो ।
संस्थाको खराब कर्जा पनि बढेको छ । अघिल्लो आवमा ७.३७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ९.९२ प्रतिशत पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी ४४.७३ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४९.९५ गुणा र प्रतिसेयर नेटवर्थ ३२५.६४ रुपैयाँ रहेको छ ।
हाल संस्थाको चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया