अजोड इन्स्योरेन्समा भित्री कारोवार भएको पाइए कारवाही हुने, बोर्डले बनायो उपसमिति

अजोड इन्स्योरेन्समा भित्री कारोवार भएको पाइए कारवाही हुने, बोर्डले बनायो उपसमिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
अजोड इन्स्योरेन्सको शेयरमा भएको भनिएको भित्रि कारोबार अर्थात इन्साइडर ट्रेडिङको छानविन गर्नको लागि नेपाल धितोपत्र बोर्डले कमिटि गठन गरेको छ । बोर्डले आज सोमबार बोर्डका निर्देशकको संयोजकत्वमा उप समिति गठन गरेको हो । 

उपसमितिले आज नै जाँचबुझ कार्य अगाडि बढाइसकेको र यस सम्बन्धमा कुनै भित्री कारोवार भएको पाइएमा नियमानुसार कारवाही अगाडि बढाइने बोर्डले जनाएको छ । बोर्डले धितोपत्र बजारका स्थापित मूल्य, मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न अनुरोध गरेको छ। 

बोर्डले मिति २०७७/१२/१८ मा सो सम्बन्धी कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबार सम्बन्धी  विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको थियो । धितोपत्र बजारले मिति २०७७/१२/१९ को पत्र मार्फत् अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर निष्काशन गर्ने सूचना प्रकाशन अघि नै मिति २०७७।१२।१६ गते भएको धितोपत्र कारोबारमा १०% वृद्धि भई सर्किट लागेको भनि सो कारोबार सम्बन्धी विवरण बोर्डमा पेश गरेको बोर्डले जनाएको छ । 

भएको के हो ? 
गत सोमबार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्नु र मंगलबार हकप्रद प्रस्ताव सहितको एजेण्डा राखेर साधारणसभा आह्वान गर्नुले  इनसाइड ट्रेडिङको आशंका गरिएको हो। कम्पनीले नेप्सेलाई सोमबार बेलुका नै पत्र पठाएर कम्पनीको २:३० मा बसेको संचालक समितिको बैठकले साधारणसभाको मिति तथा एजेण्डा तय गरेको उल्लेख गरेको छ । जसमा २:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि छ । तर कम्पनीको शेयर मूल्य सोमबार नै १० प्रतिशतले बढेको छ । सोमबार कम्पनीको शेयर मूल्य ७१६ बाट बढेर ७७६ रुपैयाँ पुगेको थियो । सोमबार कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशतले बढेको थियो  ।

संचालक समितिको बैठक बस्नु अगाडी नै हकप्रदको सूचना बाहिरिएको आशंका लगानीकर्ताले गरेका छन् । 

अजोडको हकप्रद रोक बारे कुनै निर्णय भएको छैन् : अध्यक्ष सिलवाल

अजोड इन्स्योरेन्सले प्रस्ताव गरेको हकप्रद निष्कासनमा रोक लगाउने सम्बन्धी कुनै निर्णय भइनसकेको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् । कम्पनीबाट समितिलाई आधिकारिक रुपमा चिठ्ठी आए पछि मात्रै ठोेस् निर्णय गरिने सिलवालले बताए ।

“हकप्रद शेयर जारी गर्ने नगर्ने उनीहरुको अधिकारको कुरा हो, जारी गर्न दिने नदिने भन्ने निर्णय गर्ने हाम्रो कुरा हो ।” अध्यक्ष सिलवालले  भने, “रोक लगाउने भन्ने कुरा मौखिकले हुँदैन । रोक लगाउने भए के कारणले रोक लगाउने, जारी गर्न दिने भए के कारणले जारी गर्न दिने भन्ने कुरा छलफल कै विषय हो । त्यो छलफलमा आउनका लागि म कहाँ चिठ्ठी त आउनु पर्यो नि, त्यस पछि न हामीले निर्णय गर्ने हो ।”