नागरिक लगानी कोषले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

नागरिक लगानी कोषले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?


बैकिङ्ग समाचार ।
नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी काम गर्ने संस्थाहरूका लागि निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवासम्बन्धी कार्य गर्ने संस्थाहरूले पालना गर्नुपर्ने सर्त वा व्यवस्था तय गरी भुक्तानी प्रणाली विभागले मंगलबार तीनवटा निर्देशिका जारी गरेको हो ।

राष्ट्र बैंकले संस्थागत सुशासनसम्बन्धी व्यवस्था, जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्था र ग्राहक हित संरक्षणसम्बन्धी व्यवस्थाअन्तर्गत भुक्नानी सेवाप्रदायकका लागि विभिन्न निर्देशन जारी गरेको छ । संस्थागत सुशासनसम्बन्धी व्यवस्थाअन्तर्गत सञ्चालकको आचारसंहिता, सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व, कार्यकारी प्रमुखको नियुक्ति, कर्मचारीको आचरणलगायत विषयमा व्यवस्था गरिएको छ । यसअन्तर्गत संस्थाको संस्थापक सेयर विक्री वा नामसारीको प्रक्रिया, अवस्था तथा अवधिका सर्तहरू तय गरिएका छन् । सामान्य अवस्थामा भुक्तानी सेवाप्रदायकको अनुमति प्राप्त गरेको मितिले ५ वर्षसम्म संस्थापक सेयर खरिद–बिक्री गर्न नमिल्ने प्रावधान राखिएको छ ।

जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थाअन्तर्गत सञ्चालन जोखिम, तरलता जोखिम र व्यवसाय जोखिम गरी तीन भागमा वर्गीकरण गरी संस्थाले सोको पहिचान र व्यवस्थापन नागरिक लगानी कोषले लाभांश घाेषणा गरेकाे छ ।

कोषकाे चैत्र ११ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट काेषका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीकाे ९ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ८.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।