काठमाडौं– श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेड आईपीओ निष्कासन गर्ने तयारीमा जुटेको छ । यसमा लागि कम्पनीले फागुन २ गते विशेष साधारण सभा बोलाएको छ । सभा नक्सालस्थित कर्पोरेट कार्यालयमा बिहान १० बजे सुरु हुनेछ ।
ससर्वसाधारणलाई जारी गर्ने भनि छुट्टाइएको सेयरलाई संशोधन गरी प्रिमियम वा अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान सभामा गरिनेछ । सभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
प्रतिक्रिया