कुमारी बैंक र उपाय सिटी कार्गोबीच सम्झौता, उपायका ड्राइभर पार्टनरलाई सहुलियतपुर्ण कर्जा दिने

कुमारी बैंक र उपाय सिटी कार्गोबीच सम्झौता, उपायका ड्राइभर पार्टनरलाई सहुलियतपुर्ण कर्जा दिने


बैकिङ्ग समाचार ।
कुमारी बैंक र उपाय सिटी कार्गोबीच सम्झौता भएको छ । बैंक र कार्गोबीच विभिन्न शिर्षकमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

कको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणाज्यूको सभापत्य लगायत उपाय सिटि कार्गोका अध्यक्ष सुमन रायमाझीको र एफवान स्फट इन्टरनेसनलका विश्वास ढकाल र युके एड अन्तर्गतको ‘सीप’का नेपाल प्रमुख बल्जित बोहराको आतिथ्यता लगायत सम्पूर्ण संस्थाका व्यवस्थापन समूहका सदस्य एवं प्रतिनिधिकोबीच यस सहकार्यको आधिकारिक हस्ताक्षर भएको हो ।

यस सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई क्युआर सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम डाउन पेमेन्ट र इएमआइ अप्सन लगायतका थप सेवा तथा सुविधाहरु प्रदान गर्ने भएको छ । बैंकले आफ्ना देशव्यापी १ सय ९२ वटा शाखा सञ्जाल, १ सय ६५ वटा एटिएम, २६ वटा शाखारहित बैंकिङ सेवा र १३ वटा एक्सटेनसन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।