श्वेत–गंगा हाइड्रोपावरको लक इन अवधि फागुन २ सम्म

श्वेत–गंगा हाइड्रोपावरको लक इन अवधि फागुन २ सम्म


काठमाडौं– श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको संस्थापक सेयरको ‘लक इन’ अवधि फागुन २ गतेसम्म रहेको छ । संस्थापक सेयरधनी समूहको ३८ लाख ५१ हजार कित्ता सेयरको ‘लक इन’ अवधि फागुन २ गते सकिन लागेको कम्पनीले जनाएको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१) र (१क) बमोजिम उक्त सेयरधनी संस्थाको नाममा रहेको खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी रोक्का रहेको थियो । एक वर्षको लक इन अवधि फागुन २ गते समाप्त हुने कम्पनीले जनाएको छ ।