काठमाडौं– आईएमई लाइफ इन्स्योरेन्सले वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण कम्पनीले आइतबार सार्वजनिक गरेको हो । विवरणअनुसार कम्पनीको दोस्रो त्रैमासिकसम्मममा २३ करोड ४७ लाख रुपैयाँ नाफा भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको विवरणमा उल्लेख छ ।
कम्पनीको खुद नाफा लगानी तथा ब्याजवापतको आम्दानीले बढेको देखिन्छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा लगानी तथा ब्याजवापतको आम्दानी ३४ करोड ४५ लाख रुपैयाँ रहेको थियो । यस वर्ष भने त्यस्तो आम्दानी ३ करोड ९२ लाख रुपैयाँ रहेको बराबर छ ।
चालु वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब १० करोड रुपैयाँ प्रिमियम कम्पनीले रकम संकलन गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो प्रिमियम रकम १ अर्ब ८७ करोड रुपैयाँ बराबर थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७४ पैसा छ । गत वर्ष यस्तो आम्दानी ९ रुपैयाँ १० पैसा थियो । यसैगरी कम्पनीको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २७ पैसा रहेको विवरणमा छ ।
प्रतिक्रिया