काठमाडौं – आज साताको पहिलो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।



About Us
प्रतिक्रिया