काठमाडाैं – नेपालमा बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर वा काटिएको चेक नसाटिएर कालोसूचीमा पर्ने क्रम बढेको छ । नेपालमा बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर वा काटिएको चेक नसाटिएर कालोसूचीमा पर्ने क्रम बढेको हो ।
पछिल्ला दिनहरूमा दिनमै चार सयसम्म मानिस कालोसूचीमा पर्ने गरेका पाइएको छ । केन्द्रको तथ्याङ्कअनुसार १० वर्ष अघिसम्म एक वर्षमा कालोसूचीमा परेको जति सङ्ख्या अहिले दुई÷तीन दिनमै पर्न थालेका छन् ।
नेपाल राष्ट्र बैंकको कर्जा सूचना केन्द्रको तथ्याङ्कअनुसार गएको साउनदेखि पुससम्म ६ महिनामा मात्रै २३ हजारभन्दा धेरै मानिस कालोसूचीमा परेका छन् । गएको आर्थिक वर्षमा ३४ हजार मानिस कालोसूचीमा परेका थिए ।
व्यक्ति वा कम्पनीलाई कालोसूचीमा राख्ने काम कर्जा सूचना केन्द्रले गर्दछ । कालोसूचीमा पर्ने बढ्नु भनेको समग्रमा देशको आर्थिक अबस्था शिथिल हुनु रहेको जानकारहरु बताउँछन् । अहिले नेपालमा बितेको ५० वर्षयताकै बढी मन्दी देखिएको उनीहरुको आंकलन छ ।
प्रतिक्रिया