काठमाडौं – हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं अनामनगरका युवराज प्रसाईं र सुनसरी घर भइ काठमाडौं बौद्ध नयाँबस्ती बस्ने विश्वास राईलाई प्रकाउ गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार गरेको आरोपमा उनीहरु प्रकाउ परेका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया