नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त


बैकिङ्ग समाचार ।  
नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । 

यसअघिका अनुसन्धान विभागका प्रमुख तथा प्रवक्ता डा. गुणाकर भट्टलाई बैंक सुपरिवेक्षणको जिम्मेवारी दीइएपछि राष्ट्र बैंकले ढकाललाई चैत १० गतेदेखि लागू हुनेगरी प्रवक्तामा नियुक्त गरेको हो । 

राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेको ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनीसँग राष्ट्र बैंकमा २५ वर्ष लामो अनुवभ छ ।