काठमाडौं– नेको इन्स्योरेन्स कम्पनीको अध्यक्षमा रमेश प्रसाद निरौला चयन भएका छन् । शुक्रबार सम्पन्न २८औं वार्षिक साधारण सभापछि बसेको संचालक समितिको बैठकले निरौलालाई अध्यक्ष पदमा सर्बसम्मत चयन गरेको हो । यस अघि कम्पनीको अध्यक्षमा रोहित कुमार भट्टराई थिए ।
संस्थापक शेयरधनीको तर्फबाट भने विनय रमण पौडेल (प्रतिनिधी राष्ट्रिय वाणिज्य बैंक) र प्रताप सुवेदी (प्रतिनिधी कृषि विकास बैंक) तथा सर्वसाधारण समुहबाट भानुभक्त पोखरेल, डा. निलीमा श्रेष्ठ र भरत कुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया