काठमाडौं – अर्जेन्टिनाका प्रमुख श्रमिक संघ, सामाजिक संगठन र प्रगतिशील समूहहरूले राष्ट्रपति जेभियर माइलीको सरकारले प्रश्ताव गरेको मितव्ययिता उपायहरूको बिरोधमा १२ घण्टाको हडताल शुरु गरेका छन् । जसमा राजधानी शहर ब्यूनस आयर्समा कंग्रेस तर्फको ¥याली समावेश थियो ।
श्रमिक महासंघ (सीजीटी) ले अन्य श्रमिक समूहहरू बीचको आयोजना गरेको थियो । अर्जेन्टिनामा चार वर्ष भित्रको सबैभन्दा ठूलो संघको नेतृत्वमा भएको बिरोध प्रदर्शनको उद्देश्य सरकारलाई बेल्ट–कसाउने उपायहरू र अर्थव्यवस्थालाई नियन्त्रणमुक्त गर्न सुधारहरू लागू गर्नबाट रोक्नको लागि रहेको बताइएको छ ।
राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले हडताललाई ‘निरपेक्ष बकवास’ को संज्ञा दिएका छन् । माइलीले प्रश्तावित सुधारहरू पीडादायी भएको स्वीकार गरे पनि देशको संकटग्रस्त अर्थतन्त्रलाई पुनःस्थापना गर्न आवश्यक रहेको बताए । श्रमिक नेता एडुआर्डो बेलिबोनीले पत्रकारहरूलाई हड्तालको उद्देश्य जनताको अधिकारको रक्षा गर्नु रहेको जिकिर गरे । ( न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया