मुक्तिनाथ विकास बैंकको ‘होली सप्ता हअफर’

मुक्तिनाथ विकास बैंकको ‘होली सप्ता हअफर’


 बैंकिङ्ग समाचार । 
मुक्तिनाथ विकास बैंकले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । यस  अफर अन्र्तरगत यही चैत्र ०६ देखि १३ गते भित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा रु १०० मा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि  फरम या आवेदन पनि यँहि अफर समय अवधि भित्र दिनु पर्नेछ । साथै ग्राहकले खाता खोलेको मिति  देखि ३ महिना सम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निशूल्क लिन सक्नेछन् ।

यस होली सप्ताहअफर सँगै ग्र्राहकले चाहानु भएमा निशूल्क खाता पनि बैंक मार्फत खोल्न सक्नु हुनेछ । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न अन्तर्गतको जुन सुकै बैंकको एटीएम बाट  विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोवाईलल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।