काठमाडौं– चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति विकास बैंकको खुद नाफामा उलेख्य वृद्धि देखिएको छ। दोस्रो त्रैमाससम्मको वित्तिय विवरणमा अधिकांश विकास बैंकको मुनाफा घट्दा ज्योति विकास बैंकको नाफा १९०.६७ प्रतिशतले बढेको हो । मुनाफा बढेसँगै बैंकले चालु आवको ६ महिनामा १० करोड १० लाख रुपैयाँ कमाएको छ । गत वर्षको यसैअवधिमा बैंकले ३ करोड ४८ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यसअवधिमा खुद ब्याज आम्दानी सामान्य घटेको छ, भने सञ्चालन नाफा ह्वातै बढेको छ । सञ्चालन नाफा बढ्दा बैंकको मुनाफा बढ्न टेवा पुगेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी २.३६५ ले घटेर १ अर्ब १२ करोड रुपैयाँमा झरेको छ । यस्तै बैंकको सञ्चालन नाफा भने १९६.७३ प्रतिशतले बढेर १४ करोड ७३ लाख रुपैयाँ कायम भएको छ ।





About Us
प्रतिक्रिया