ज्योति लाईफको आईपीओ बाँडफाँड, यस्तो छ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तयारी

ज्योति लाईफको आईपीओ बाँडफाँड, यस्तो छ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तयारी


बैकिङ्ग समाचार ।
ज्योति लाईफ इन्योरेन्सले जारी गरेको आईपीओको बाँडफाँडको तयारीमा विक्रि प्रबन्धक एनएमबि क्यापिलटल लागेको छ ।  आईपीओको बाँडफाँट यसै साताभित्र हुनसक्ने सम्भावना रहेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ । एनएमबि क्यापिटलका अनुसार आवेदन रुजु गर्ने काम अझै बाँकी रहेका कारण मिति टुंगो लाग्न भने सकेको छैन । रुजुको काम सकिएमा यसै साता बाँडफाँट हुने र नसकिएमा अर्को साता लाग्ने बिक्री प्रबन्धको भनाई छ ।

ज्योति लाईफको आईपीओमा १८ लाख ४ हजार ६४८ जना लगानीकर्ताले आवेदन दिएका छन् । यो आवेदन हालसम्मकै उच्च हो । यसमा गोलाप्रथामार्फत ५ लाख ९४ हजार जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताको दरले आइपीओ पाउनेछन् ।

तसर्थ, कुल आवेदकमध्ये ३२।९२ प्रतिशत आवेदकले मात्र सेयर पाउनेछन् । बाँकी ६७.०८ प्रतिशत आवेदकको हात खाली हुनेछ । यद्दपि, आवेदन रुजु गर्ने काम अझै बाँकी रहेकाले आवेदक संख्यामा तलमाथि हुनसक्ने सम्भावना रहेको छ ।
 
कुल ५९ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको थियो । कुल ६६ लाख कित्तामध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता नै म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।