ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ सूचीकृत,मंगलवारबाट कारोबारमा आउने

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ सूचीकृत,मंगलवारबाट कारोबारमा आउने


बैकिङ्ग समाचार । 
ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको आईपीओ सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ८० लाख कित्ता शेयर सूचीकृत भएको हो । यो कम्पनीको शेयर दोस्रो बजारमा मंगलवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले रू. ९९ दशमलव ६७ देखि २९९ दशमलव शून्य १ सम्म मूल्य रेञ्ज तोकेको छ ।

 नेप्से पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले माघ २३ गतेदेखि २७ गतेसम्म ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो । गोलाप्रथाबाट ३ लाख ५१ हजार ६५२ जनाले १० कित्ता पाएका थिए भने २ जनाले थप ११ कित्ताका दरले ११ कित्ता शेयर पाएका थिए ।