फरवार्ड माईक्रोफाइनान्स लघुवित्तद्वारा बैंक खातामा नगद लाभांश पठाउन शुरु

फरवार्ड माईक्रोफाइनान्स लघुवित्तद्वारा बैंक खातामा नगद लाभांश पठाउन शुरु


/बैकिङ्ग समाचार । 
फरवार्ड माइक्रोफाइनानस लघुवित्त वित्तीय संस्थाले आज देखि शेयरधनीको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश पठाउने भएको छ ।

कम्पनीले फागुन २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ५८ प्रतिशत नगद लाभांश पठाउन लागेको हो । शेयरधनीदर्ता पुस्तिका बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम जम्मा गरिदिने भएको छ । 

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीले नै व्यहोर्ने कम्पनीले बताएको छ ।

साथै संस्थापक शेयरधनीहरुको नगद लाभांश वितरण कम्पनीको केन्द्रीय कार्यालय दुहवी २ सुनसरीबाट वितरण हुने छ । शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।