निर्धन उत्थान लघुवित्तले कर्मचारी माग्यो

निर्धन उत्थान लघुवित्तले कर्मचारी माग्यो


काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक (खुल्ला) र (सोही संस्थामा कार्यरत कर्मचारी मध्येबाट खुल्ला) सहायक श्रेणीमा केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ती गर्ने गरी कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ २९ गतेभित्र आवेदन दिन सक्नेछन् । कम्पनीकाे सातै प्रदेशमा रहेका पायक पर्ने कुनै पनि शाखा कार्यालय, क्षेत्रीय कार्यालय तथा केन्द्रीय कार्यालय नक्साल, काठमाडौंबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।