काठमाडौं– सोमबार प्रिओपन सेसनमा नेप्से सूचक १.६२ अंकले घटेको छ । योसँगै सूचक २१२८. ५६ अंकमा झरेको छ।
सेसन अवधिमा ४६ लाख १९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। जसमा ३३ कम्पनीको ११ हजार ५ सय ४७ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेकाे छ। बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको थियो ।



About Us
प्रतिक्रिया