काठमाडौं- गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा १२ करोड १६ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवको पुस मसान्तसम्मको तुलनामा ८१.०७ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ६ करोड ७१ लाख ५७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
त्यस्तै फाइनान्सको खुद ब्याज आम्दानी पनि बढेको छ । हालसम्ममा कम्पनीले १८ करोड ३० लाख ८६ हजार रुपैयाँ ब्याज आम्दानी गरेको हो । साथै फाइनान्सको कुल सञ्चालन आम्दानी बढेर २३ करोड ९६ लाख १२ हजार रुपैयाँ पुगेको छ । खुद सञ्चालन नाफा पनि ३३.८७ प्रतिशतले बढेर ३२ करोड ९४ लाख १७ हजार रुपैयाँ पुगेको छ ।
फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार छ भने कम्पनीले जगेडा कोषमा १ अर्ब २ करोड ७८ लाख रुपैयाँ राखेको छ ।
त्यस्तै, पुस मसान्तसम्ममा कम्पनीको वितरणयोग्य नाफा १० करोड ५३ लाख २६ हजार रुपैयाँ छ । फाइनान्सको खराब कर्जा भने बढेको छ ।
प्रतिक्रिया