आइसीएफसी फाइनान्सको मुनाफा ५ करोड ३२ लाख

आइसीएफसी फाइनान्सको मुनाफा ५ करोड ३२ लाख


काठमाडौं– आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्म आइपुग्दा ५ करोड ३२ लाख रुपैयाँ कमाएको छ। यो नाफा गत वर्षको भन्दा ३५.८९ प्रतिशतले बढी हो ।

यस फाइनान्सले गत वर्षको यसै अवधिमा ३ करोड ९१ लाख रुपैयाँ बराबरको नाफा कमाएको थियो। यसको खुद ब्याज आम्दानी १६.३९ प्रतिशतले घट्दा सञ्चालन नाफा भने ३२.६८ प्रतिशतले बढेको छ। कम्पनीको सञ्चालन नाफा बढ्दा खुद मुनाफा बढ्न पुगेको हो।

फाइनान्सकाे यसको खुद ब्याज आम्दानी १६.३९ प्रतिशतले घट्दा सञ्चालन नाफा भने ३२.६८ प्रतिशतले बढेको छ। कम्पनीको सञ्चालन नाफा बढ्दा खुद मुनाफा बढेकाे हाे ।

हाल यस फाइनान्सको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ रहेको छ। जगेडा कोषमा ६६ करोड ९८ लाख जम्मा छ। यस फाइनान्सको कस्ट अफ फण्ड ९.९९ प्रतिशत, एनपीएल २.२१ प्रतिशत, बेस रेट १२.२८ प्रतिशत रहेको छ।