काठमाडौं– आइतबार मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक गरेको त्रैमासिक वित्तिय विरण अनुसार बैंकले ६ महिनामा ४२ करोड बढी खुद कमाएको छ ।
दोस्रो त्रैमाससम्ममा बैंकले ४२ करोड १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। तर, बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ३२.९३ प्रतिशत कमी हो। गत आवको दोस्रो त्रैमासमा बैंकले ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। हाल बैंकको चुक्ता पूँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ। बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ६० करोड ९४ लाख रुपैयाँ राखेको छ।
तर, बैंकको खुद ब्याज आम्दानी र कुल संचालन आम्दानी भने बढेको छ। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर २ अर्ब ८ करोड ७७ लाख ९६ हजार रुपैयाँ कायम भएको छ। यता, कुल संचालन आम्दानी पनि ३.१६ प्रतिशत बढेर २ अर्ब ३६ करोड ६८ लाख ३८ हजार रुपैयाँ पुगेको छ।





About Us
प्रतिक्रिया