छिमेक लघुवित्तको कामु सीईओमा दीपकनिधि तिवारी

छिमेक लघुवित्तको कामु सीईओमा दीपकनिधि तिवारी


काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपकनिधि तिवारी नियुक्त भएका छन्।

संस्थाको सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि नायब महाप्रबन्धक पदमा कार्यरत तिवारीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।संस्थाका सीईओ चोलराज शर्माको पदावधि आज (माघ ५) गतेबाट समाप्त भएको हो । शर्मा लामो समयदेखि लघुवित्त क्षेत्रमा आवद्ध रहेका थिए ।