एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार चैत ८ गतेदेखि शुरु 

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार चैत ८ गतेदेखि शुरु 


बैकिङ्ग समाचार ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार चैत ८ गतेदेखि शुरु हुने भएको छ । 

भेरी नगरपालिका वडा नं. ४, जाजरकोट जिल्लामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तर कार्यक्षेत्र भएको एनआईसी एशिया लघुवित्त र इटहरी उपमहानगरपालिका वडा नं. ९ सुनसरीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तर कार्यक्षेत्र भएको स्वदेशी लघुवित्त वित्तीय संस्थाको माघ ४ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाले एक आपसमा गाभिने प्रस्ताव पारित गरेको थियो । 

मर्जरको लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट गत पुस ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन २३ गते स्वीकृति पाएको हो । 

मर्जरपश्चात कम्पनीको नाम एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड रहने र केन्द्रीय कार्यालय हाल स्वदेशी लघुवित्तको केन्द्रिय कार्यालय रहेको स्थान इटहरी उपमहानगरपालिका वडा नं. ९, सुनसरीमा जिल्लामा रहने जानकारी दिइएको छ ।