आरएमडीसी लघुवित्तको नाफा घट्यो, निष्क्रिय कर्जामा भने वृद्धि

आरएमडीसी लघुवित्तको नाफा घट्यो, निष्क्रिय कर्जामा भने वृद्धि


काठमाडौं- आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ६ महिनामा खुद नाफा घटेको छ भने निष्क्रिय कर्जा बढेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०\८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार पुस मसान्तसम्ममा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १२.७३ घटेर ६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड ९४ लाख बढी नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानीमा पनि दोहोरो अंकको गिरावट आएको छ । ब्याज आम्दानी १७.३२ प्रतिशतले घटेर १२ करोड २० लाख रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको संचालन नाफा पनि १२.७३ प्रतिशतले घटेको छ ।

कम्पनीको खराब कर्जा पनि वृद्धि भई १.८२ प्रतिशत पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७९ पैसाले घटेर १५ रुपैयाँ ९४ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ०१ पैसा छ ।