नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा


काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनिहरुले आफ्नो नाममा भएको शेयर बिक्री गर्न चाहेको भन्दै संस्थामा निवेदन दिएपछि संस्थाले सेयर बिक्रीमा ल्याएको हो ।

लघुवित्तले गत मंसिर २५ गते पहिलो सूचना ३५ दिनभित्र आवेदन दिनुपर्नेमा कुनैपनि आवेदन प्राप्त नभएको भन्दै आज पुन सुचना जारी गरेको हो । संस्थापक समुहको ६३ हजार २ सय ४२ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीका अनुसार उक्त शेयर खरिद गर्न इच्छुकले आजको १० दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपामा आवेदन पेश गर्न आग्रह गरेको छ ।