एनआईसी एशिया लघुवित्तको अध्यक्षमा पौडेल

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा पौडेल


काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सुवर्ण पौडेल नियुक्त भएका छन् । कम्पनीको माघ २ बसेको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघिका अध्यक्ष सन्तोष कुमार राठीले माघ २ गतेबाटै लागू हुने गरी राजिनामा दिएपछि पौडेललाई रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।