बैकिङ्ग समाचार ।
नेपाल राष्ट्र बैंकले २ रुपैयाँको सिक्का छाप्ने जिम्मा अमेरिकी कम्पनी ‘द रोयल मिन्ट’लाई दिएको छ।
कुल १० करोड थान सिक्का छपाईका लागि सो कम्पनीले जिम्मा पाएको हो। कुल १६ लाख ६४ हजार ब्रिटेन पाउण्ड लागत लाग्नेगरी कम्पनीलाई जिम्मा दिइएको बैंकले जनाएको छ।
१ पाउन्ड बराबर १६१ रुपैयाँ बिनिमयदरअनुसार २ रुपैयाँको एउटा सिक्का छपाईका लागि २ रुपैयाँ ६७ पैसा खर्च लाग्ने भएको छ।
न्यूनतम दरमा आएको प्रस्तावअनुसार सो कम्पनीलाई सिक्का छपाईको जिम्मा दिइएको बैंकले जनाएको छ।
यसअघि १ रुपैयाँको सिक्का छपाईको लागि पोल्याण्डको मेनिका पोल्स्का एसए कम्पनी छनौट भएको छ। १ रुपैयाँको एउटा सिक्का छपाईमा औसत २ रुपैयाँ ४० पैसा लागत लाग्नेगरी सो कम्पनीले जिम्मा पाएको हो।



About Us
प्रतिक्रिया