सिर्जना फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

सिर्जना फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

राजु ढुङ्गेल
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
सिर्जना फाइनान्स लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा विराटनगरस्थित उद्योग संगठनका सभाकक्षमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित कुल १४.२७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३.५९ प्रतिशत बोनस सेयर र बाँकी ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सोही सभाले कम्पनीको सेयर पुँजी संरचनालाई परिवर्तन गरी संस्थापकतर्फ ५२ प्रतिशत र सर्वसाधारणतर्फ ४८ प्रतिशत सेयर स्वामित्व कायम हुने गरी प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो चैत १ गतेदेखि वार्षिक साधारणसभा नभएसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २६ गतेसम्म कायम सेयरधनीहरुमा कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। किनकि फागुन २७ गते बिहीबार महाशिवरात्री (सार्वजनिक बिदा), फागुन २८ गते शुक्रबार (धितोपत्र कारोबार नहुने) र फागुन २९ गते शनिबार परेको छ।