सेयर बजारमा हरियाली, निफ्रासहित ६ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

सेयर बजारमा हरियाली, निफ्रासहित ६ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
बिहीबार सेयर बजारको परिसूचक नेप्से ९० अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २५०६ अंकमा कायम भएको छ। 

६ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। 

यस दिन सबै समूहहरु बढेका छन्। बैंकिङ ५२, ब्यापार २५६, होटल तथा पर्यटन ६४, विकास बैंक ६१, जलविद्युत ९१, फाइनान्स ३१, निर्जीवन बीमा ३२४, उत्पादन १९०, अन्य १०३, माइक्रोफाइनान्स २०९ र जीवन बीमा समूह ५७१ अंकले बढे। त्यस्तै लगानी समूह ४ अंकले बढ्यो। 

यस दिन चन्द्रागिरि हिल्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)सहित ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

१० प्रतिशत मूल्य बढ्ने कम्पनीमा लिबर्टी इनर्जी, सूर्योदय लघुवित्त, किसान लघुवित्त वित्तीय संस्था, इनिफिनिटी लघुवित्त र हिमालय पावर पार्टनर छन्।

यस दिन एनएमबि फिफ्टी (म्युचुअल फण्ड)को मूल्य ३ प्रतिशतले घट्यो। 

कारोबारका आधारमा पनि निफ्रा अग्रस्थानमा रह्यो। सो कम्पनीको ५३ करोड रुपैयाँ बराबरको कारोबार भयो। कम्पनीको मूल्य ५५२ रुपैयाँ पुग्यो।

त्यस्तै शिखर इन्स्योरेन्सको २४ करोडको कारोबार भयो। नबिल, नेपाल टेलिकम पनि कारोबारका आधारमा अगाडि रहे। 

\"\"