टेम्पो चढ्दा पनि क्यूआर कोडबाट पैसा तिर्न सकिने, मेगा बैंकले मिलायो भुक्तानीको ब्यवस्था

टेम्पो चढ्दा पनि क्यूआर कोडबाट पैसा तिर्न सकिने, मेगा बैंकले मिलायो भुक्तानीको ब्यवस्था


बैंकिङ्ग समाचार, काठमाडौं । 
मेगा बैंक नेपालले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानी सुरुवात गरेको छ।

काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो।

डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ।

बैंकका अनुसार काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुरु गरिएको यो सेवा देशभर बिस्तार गरिने छ।  

टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको व्यवस्था गर्दै आएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।