अब आइपिओको नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने

अब आइपिओको नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने


बैकिङ्ग समाचार । 
अब अनलाइन सञ्चार माध्यमहरू तथा निजी संस्थाहरूले साधारण शेयर (आइपिओ) काे नतिजा प्रकाशन गर्न नपाउने भएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यस्ताे व्यवस्था गरेकाे हाे ।

यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेका थिए । अब भने सम्बन्धित कम्पनी, आइपिओकाे निष्कासन तथा बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मात्र नतिजा प्रकाशन गर्न पाउने व्यवस्था लागू भएकाे सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्याैपानेले जानकारी दिएका छन् । 

याे व्यवस्था भाेलि बाँडफाँड हुन लागेकाे महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आइपिओ बाट नै लागू हुने भएकाे पनि न्याैपानेले बताएका छन् ।

धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ को बुँदा ४७ अनुसार, "सीडीएससीका कर्मचारी, निक्षेप सदस्य तथा निष्कासनकर्ता संगठित संस्था वा रजिस्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा कानुनबमोजिम अधिकार प्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्नेछ ।" भन्ने व्यवस्था अनुसार सम्बन्धित कम्पनी, आइपिओकाे निष्कासन तथा बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मात्र नतिजा प्रकाशन गर्न पाउने व्यवस्था लागू भएकाे हाे ।