महालेखा नियन्त्रक मरासिनी बने नेपाल बैंकको अध्यक्ष

महालेखा नियन्त्रक मरासिनी बने नेपाल बैंकको अध्यक्ष


बैकिङ्ग समाचार । 
नेपाल बैंकले महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई अध्यक्षको रुपमा पाएको छ । बैंक सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले मरासिनीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गरेको हो ।

अर्थमन्त्रीसँग विवाद भएपछि बैंकका तत्कालिन अध्यक्ष वासुदेव अधिकारीले राजीनामा दिएका थिए । केही समय रिक्त भएको सो पद मरासिनीले हात पारेका छन् ।