काठमाडौं,
आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला दुई सय रुपैयाँले घटेको हो।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कायम भएको छ।
अघिल्लो दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० र तेजावी सुन प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। यता चाँदीको मूल्यभने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ।



About Us
प्रतिक्रिया