आज सात सयले घट्यो सुनको भाउ



काठमाडौं,
साताको दोस्रो दिन नेपाली बजारमा सुनको भाउ घटेको छ । यस दिन सुन प्रतितोला सात सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० र तेजावी सुन प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँमा कायम भएको छ ।

आइतबार सुन तोलामा एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

अघिल्लो दुई कारोबारको दिन सुनको मूल्य लगातार स्थिर रहेको थियो । त्यसदिन छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । यस दिन दाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कायम रहेको महासंघले जनाएको छ ।