काठमाडौं– रक विधाकी गायिका अभया सुब्बा सम्मानित भएकी छिन् । नयाँ वर्षको अवसरमा गत सोमबार युएई किरात याक्थुङ चुम्लुङ समुदायले उनलाई सम्मान गरेको हो । रक गायनमार्फत सांगीतिक क्षेत्रमा योगदान पु¥याएको भन्दै दुवईमा रहेकाे चुम्लुङ समुदायले याक्थुङ चेली अभयालाई सम्मान गरेको हो ।
सम्मान ग्रहणपश्चात सुब्बाले सामाजि सञ्जाल फेसबुमा खुसी व्यक्त गर्दै लेखिन्, ‘१ जनवरी २०२४ मा युएई किरात याक्थुङ चुम्लुङ समुदायले मलाई दिएको माया र सम्मानबाट म अत्यन्तै सम्मानित र कृतज्ञ छु। उनीहरूले मलाई पहिलो नेपाली रक महिला गायिकाको रूपमा मान्यता दिँदै सम्मान पत्र, शाल र सिलाम साक्मा औंठी र प्रतीक प्रदान गरे। रक विधाबाट जो रकस्टारु, संगीतकार, गायक र संगीतकार हुन्। यो तीन अद्भुत लिम्बू, अमृता लिम्बू, ईंगा खेम र मनिषा सुब्बा द्वारा सुरु गरिएको थियो। यो पहिलो भएकोले मान्यता र प्रेम भारी थियो । कुनै पनि लिम्बु समुदायले मेरो लागि यस्तो विशेष कार्यक्रम गरेको यो पहिलो पटक भएकोले मान्यता र माया अत्याधिक थियो। शब्द भन्दा बाहिर कृतज्ञ ।’



About Us
प्रतिक्रिया