बैंकिङ्ग समाचार सातौं वर्षमा


काठमाडौं–बैकिङ्ग समाचारले छैटौं वसन्त पार गरी आजबाट सातौं वसन्तमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा बैंकिङ्ग समाचारका अध्यक्ष राजु ढुंगेलले सम्पुर्ण पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरुमा धन्यवाद ज्ञापन व्यक्त गरे । उनले भने, ‘७ वर्षे यात्रामा निरन्तर साथ, सहयोग, मार्गदर्शन तथा योगदान दिने समस्त संचारकर्मी, विज्ञापनदाता लगायत सबै सरोकारवालाहरु प्रति हामी आभारी छौं । नवीन तथा खोजमुलक सामाग्रीहरु मार्फत अझै जनमानसमा सुसुचित वित्तीय निर्णयको आधार वृद्धि गर्ने तर्फको हाम्रो कोसिस जारी राख्नेछौं ’

बैंकिङ्ग समाचारले बैंक तथा वित्तीय संस्थाका विभिन्न क्रियाकलापहरुलाई जनतासामु पुर्याउनुका साथै वित्तीय ज्ञान प्रवाह गर्न महत्वपूर्ण भुमिका खेलेको छ ।

वैकल्पिक र जनपक्षीय पत्रकारिताको प्रयत्नलाई भविष्यमा पनि पाठक, दर्शक, सुभेच्छुक, विज्ञापनदाता लगायत सबैले उसैगरी साथ दिने विश्वास बैंकिङ्ग समाचारले राखेको छ । वार्षिकोत्सवको अवसरमा बोल्दै बैंकिङ्ग समाचारको प्रवन्ध निर्देशक सरिता थापाले विश्वसनीय समाचार प्रसारण तथा प्रकाशनको लागि साथ दिने श्रोता, पाठक, साझेदार, सहयोगीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरिन । उनले भनिन, ‘पत्रकारिताको मूल्य मान्यता, देशको प्रचलित संविधान, ऐन, नियम र कानूनलाई आत्मसाथ गर्दै बैंकिङ्ग समाचारलाई आगामी दिनहरुमा थप उत्तरदायी सञ्चारमाध्यम बनाउँदै लैजाने र वित्तीय ज्ञान प्रवाहलाई थप तिब्रता प्रदान गर्ने तर्फ लागिपर्ने छौं ।’