क्युआर कोडः चीज एक फाईदा अनेक 

क्युआर कोडः चीज एक फाईदा अनेक 


सुरेश शर्मा, काठमाडौं । 
क्यूआर कोड सामान्यतया बार कोडको रूपमा बुझिन्छ । सन् १९९४ मा जापानबाट डिजाईन गरिएको यसको पूर्ण रूप द्रुत प्रतिक्रिया (क्कुइक रेस्पोन्स) कोड हो। यो सामान्यतया कालो वर्ग (स्क्याएर) हो जुन सेतो पृष्ठभूमिमा वर्गकै आकारमा व्यवस्थित हुन्छ । यसमा क्यामेरा जस्तो इमेजिंग उपकरणद्वारा स्क्यान(पढ्न)गर्न सकिन्छ । यसमा विवरण (डाटा) क्यूआर कोड भित्र राखिएको हुन्छ ।  

क्यूआर कोडले कसरी काम गर्दछ ?

स्मार्टफोन प्रयोगकर्ताहरूले जहाँसुकै, जस्तोसुकै अवस्थामा पनि अनलाइनको माध्यमबाट क्यूआर कोडको सामना गरिरहेकै हुन्छन । प्रयोगकर्ताहरूले सिधै आफ्नो फोनको माध्यमले क्यूआर कोड स्क्यान गर्न सक्दछन र त्यसपछि यसले सिधै सम्बन्धित विवरण तथा जानकारी प्रदान गर्दछ ।

आजभोलि सुपरमार्केट तथा पसलहरुमा क्यूआर कोडको प्रयोग बढेको छ । क्यूआर कोडको कार्यविधि सुपरमार्केटहरुमा हुने बार कोडको जस्तै हुन्छ । क्यूआर कोड एक मेशिन स्क्यान योग्य चित्र हो जुन स्मार्ट फोन क्यामेराको माध्यमबाट तुरून्त पढ्न सकिन्छ । स्मार्टफोनले कोड स्क्यान गर्ने बित्तिकै यसले सो कोडलाईलद्वारा सजिलैसँग बुझ्न सकिने सूचनामा अनुवाद गर्दछ । यदि यो डिजिटल भुक्तानीको लागि हो भने, त्यहाँ काला डटहरूमा खाता विवरणहरू राखिन्छ । अन्ततः त्यसमा जानकारी प्राप्त गर्न मद्दत गर्दछ ।

कसरी प्रयोग गर्ने ? 

क्यूआर कोड प्रयोग गर्नको लागी आफ्नो फोनमा मोबाइल बैंकिङ्ग एप डाउनलोड हुनुपर्छ । भुक्तानीको समयमा यदि तपाईंले क्यूआर कोड चित्र सहित कुनै बोर्ड देख्नुभएमा तपाईंले आफ्नो मोबाइल बैंकिङ्ग प्रयोग गरी क्यूआर स्क्यान सेक्सनमा जानुपर्ने हुन्छ । फोनपे प्रयोग हुने एपमा, माथिको शीर्ष दायाँ कुनामा स्क्यान गर्ने सुविधा अवस्थित हुन्छ । स्क्यान गरिसके पछी भुक्तानी विवरण प्राप्त हुन्छ र सजिलैसँग भुक्तानी हुन्छ । 

क्यूआर कोडबाट भुक्तानी गर्दा हुने फाइदाहरु

सजिलो तथा छिटो
क्यूआर कोड सजिलो र भरपर्दो छ । रकम सीधै आवेदकको खाताबाट डेबिट हुन्छ र लाभग्राही (मर्चेन्ट) को खातामा तुरुन्तै ‘क्रेडिट हुन्छ’। यो माध्यमबाट ग्राहकहरुले समयमै भुक्तानी गर्न सक्दछन । 

नगदरहित (क्यासलेस) अर्थव्यवस्थाको सुरुवात

अब विश्व क्यासलेस कारोवारको दिशामा जाँदै छ । क्यूआर कारोवार नगदविहीन अर्थतन्त्रको विस्तारको लागि एक प्रभावकारी उपकरण र महत्वपूर्ण तत्व हुन सक्ने आंकलन गरिएको छ । यो झन्झटिलो छैन, र यदि व्यक्तिहरू यसको प्रयोगको बारेमा बारे सचेत छन भने यो क्यासलेस अर्थतन्त्रको विस्तारको लागि सहयोगी तत्व हुन सक्छ।

झन्झट मुक्त
सामान्यतयाः भुक्तानीकर्तालाई भुक्तानी विवरण मागेर भुक्तान गर्न पनि सम्भव हुन्छ । तर क्यूआर कोड भुक्तानीमा समस्या र झन्झट रहित छ । यस माध्यमबाट सबैले सजिलै भुक्तान गर्न सक्दछन किनकि क्यूआर कोडमा सबै कुरा सजिलैसँग पहुँच गर्न सकिन्छ।

नेपालमा क्यूआर कोड कारोवारको हालको अवस्था

ठूला सहरहरूमा क्यूआर कोडउल्लेख्य रुपमा प्रयोग हुदै आएको छ । यतीबेला यो धैरै लोकप्रिय बनेको पाइन्छ । क्यूआर कोड भुक्तानी नेपालका पहाड, तराई, र हिमाली भेगका दुर्गम क्षेत्रहरूसम्म पनि पुगेको छ । यो प्रणाली देश भरमा साना र मध्यमस्तरका व्यवसायहरु द्वारा अभ्यास गरिएको छ। आजकल, डिपार्टमेन्ट स्टोरहरू, पेट्रोल पम्पहरू, रेस्टुरेन्टहरू, किराना स्टोरहरू र प्रमुख क्षेत्रहरूले क्यूआर कोड प्रणाली प्रयोग गरिरहेका छन । भर्खरै बिभिन्न बैंकहरूले बिभिन्न तरकारी बजारमा क्युआर सुविधा सुरु गरेका छन । जसको राष्ट्र बैंकका गभर्नर आफैले उद्धघाटन गरका थिए । यस्ता समाचारले क्यूआर कोडले देशभरि ठूलादेखि साना व्यवसायहरूमा आक्रामक उपस्थिती प्राप्त गरिरहेको संकेत गर्दछ।