अनलाइन अभिकर्ता परीक्षा उत्तीर्ण गर्नेको संख्या २ हजार १६९ पुग्यो


काठमाडौं,

नेपाल बीमा प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो । अनलाइन माध्यमबाट लिन थालेको परीक्षाबाट हालसम्म २ हजार १६९ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्।

प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु भएको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो। नवौँ चरणमा पुस १७ गतेदेखि पुस २० गतेसम्म सञ्चालित परीक्षाबाथ थप ३६९ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्।

योसँगै अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गर्नेको संख्या २ हजार १६९ पुगेको हो। यसअघि पहिलो चरणमा २१९ जना, दोस्रो चरणमा १७६ जना, तेस्रो चरणमा ११६ जना, चौथो चरणमा २१५ जना, पाँचौँ चरणमा ३५९ जना, छैटौँ चरणमा २११ जना, सातौँ चरणमा २८८ जना गरी १ हजार ५८४ जना र आठौँ चरणमा २१६ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरिसकेका छन्।