बोर्डको निर्देशन: स्वास्थ्य बीमा कार्यक्रमको दाबी वास्तविक समयमै पेश गर्नुपर्ने


काठमाडौं,

स्वास्थ्य बीमा बोर्डले सबै स्वास्थ्य संस्थाहरुलाई (रियल टाइम) वास्तविक समयमै सोधभर्ना विवरण पेश गर्न निर्देशन दिएको छ। बोर्डले सार्वजनिक सूचना जारी गर्दै बीमा कार्यक्रममा आबद्ध स्वास्थ्य संस्थाहरुलाई एपिआई मार्फत् वास्तविक समयमै दाबी गर्न सोधभर्ना माग्न सक्ने प्राविधिक व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदायक स्वास्थ्य स‌ंस्थाहरूको दाबी प्रकृयालाई सहजीकरण गर्न र पारदर्शिता अपनाउनका लागि यस्तो प्रकृया लागू गर्न लागिएको सुचना मार्फत जानकारी दिएको छ।

बोर्डका अनुसार बीमा कार्यक्रम अन्तर्गत उपचारका लागि आउने सेवाग्राहीका लागि प्रेषण पूर्जी जारी गर्ने समयमै र बिरामीको उपचारका लागि कुनै किसिमको स्वास्थ्य परिक्षण र औषधी उपलब्ध गराउने समयमै सम्बन्धित सेवाग्राहीको संकेत नम्बर खातामा बीमा दाबीवापतको विवरण पेश गर्नुपर्नेछ।