निर्जीवन बीमा कम्पनीले लघुबीमा व्यवसायबाट संकलन गरे ३ करोड बीमा शुल्क

निर्जीवन बीमा कम्पनीले लघुबीमा व्यवसायबाट संकलन गरे ३ करोड बीमा शुल्क


काठमाडौं-आर्थिक वर्ष २०८o/८१ को पाँच महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा प्रभु इन्स्योरेन्सले ४२४ वटा बीमा पोलिसी विक्री गरी ९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले २ हजार ६६४ वटा बीमा पोलिसी विक्री गरी ४ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

त्यस्तै, द ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १२ वटा बीमा पोलिसी विक्री गरी ३० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल इन्स्योरेन्स कम्पनीले ४ वटा बीमा पोलिसी विक्री गरी १ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २ हजार ५८७ वटा बीमा पोलिसी विक्री गरी ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले ३० वटा बीमा पोलिसी विक्री गरी ६४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ वटा बीमा पोलिसी विक्री गरी ६४ हजार रुपैयाँ बमिा शुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले १४४ वटा बीमा पोलिसी विक्री गरी ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २२२ वटा बीमा पोलिसी वित्री गरी ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले १३७ वटा बीमा पोलिसी विक्री गरी ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ७३ वटा बीमा पोलिसी विक्री गरी १ लाख रुपैयाँ बीमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ८ हजार १३७ वटा बीमा पोलिसी विक्री गरी १ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले ३ हजार ५१ वटा बीमा पोलिसी विक्री गरी १ करोड ३८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।