स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउन रोक

स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउन रोक


बैंकिङ्ग समाचार, काठमाडौं ।

स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक लगाइएको हो । बोर्डको बैठकले सामाजिक सञ्जाल चलाउन नपाइने आचारसंहिता लागु गरेको छ ।

त्यस्तै दाबी व्यवस्थापन शाखा र सुचना प्रविधि शाखाका कर्मचारीले कार्यालय भित्र रहँदा व्यक्तिगत मोबाइल फोन प्रयोग पनि गर्न पाउने छैनन् । सम्बन्धित विषयको अधिकारीको अनुमतिपछि मात्रै बिमा कार्यक्रम र बिमा बोर्डका बारेमा सार्वजनिक धारणा राख्न पाउनेसहित बैठकले १० बुँदे आचारसंहिता लागु गरेको छ ।