जीवन बीमा अभिकर्ता परीक्षाको मिति तय

जीवन बीमा अभिकर्ता परीक्षाको मिति तय


बैंकिङ्ग समाचार,काठमाडौं ।

जीवन बीमा अभिकर्ता परीक्षाको मिति तय गरेको छ । नेपाल बीमा प्राधिकरणले नवौँ चरणको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति तय गरेको हो । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति सार्वजनिक गरेको हो। प्राधिकरणले फेरि पुस १६ गतेबाट पुस २० गतेसम्म परीक्षा सञ्चालन गर्न लागेको छ। प्राधिकरणका अनुसार परीक्षा बिहान ८ः३० बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।