व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याजमा ३५ प्रतिशत छुट दिने सूर्यज्योति लाइफको घोषणा

व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याजमा ३५ प्रतिशत छुट दिने सूर्यज्योति लाइफको घोषणा



बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी गरिएका व्यतित बीमालेख नवीकरणमा कम्पनीले ३५ प्रतिशत छुट दिने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै यस्तो घोषणा गरेको हो।

यो कम्पनीबाट जारी गरिएका बीमालेखहरु यही पुस १५ गतेदेखि पुस २२ गतेभित्र पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट प्रदान गरिने जनाइएको छ। यही पुस १५ गतेभित्र परिपक्व हुने बीमालेखहरुमा भने यो छुट लागू नहुने कम्पनीले प्रस्ट पारेको छ।