दुई लघु निर्जीवन बीमा कम्पनीले संकलन गरे २ करोड ७९ लाख बीमाशुल्क

दुई लघु निर्जीवन बीमा कम्पनीले संकलन गरे २ करोड ७९ लाख बीमाशुल्क



बैंकिङ्ग समाचार, काठमाडौं ।
आर्थिक वर्ष २०८० /८१ को मंसिर महिनासम्ममा दुई लघु निर्जीवन बीमा कम्पनीहरुले २ करोड ७९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले मंसिर महिनासम्ममा कुल ११ हजार १८८ वटा बीमा पोलिसी विक्री गरी २ करोड ७९ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

नेपाल माइक्रो इन्स्योरेन्सले मात्रै मंसिर मसान्तसम्म एक करोड ४० लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने प्रोटेक्टिभले एक करोढ ३८ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । मंसिर महिनामा भने नेपाल माइक्रोले ७९ लाख र प्रोटेक्टिभले ३१ लाख कुल बीमाशुल्क आर्जन गरेको छ ।