पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार १५ अर्ब ७२ करोडमाथि

पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार १५ अर्ब ७२ करोडमाथि



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आवको पाँच महिना अर्थात मंसिर महिनासम्ममा कूल १५ अर्ब ७२ करोड १० लाख १५ हजार रुपैयाँ बीमा शुल्क बापत संकलन गरेको छ । यी कम्पनीहरुले मंसिर महिनामा मात्रै करिब ३ अर्ब कुल बीमा शुल्क आर्जन गरेका छन् ।

मंसिर महिनासम्ममा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ९९ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले एक अर्ब ६५ करोड रुपैयाँ संकलन गरेको छ । तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्स कम्पनी एक अर्ब ५ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कूल एक अर्ब ३९ करोड ५३ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गर्दा तेस्रो स्थानमा रहेको आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एक अर्ब ३८ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरी सानिमा जिआइसी इन्स्योरेन्सले ९६ करोड ८६ लाख, प्रभु इन्स्योरेन्सले ८४ करोड १४ लाख, ओरिएण्टल इन्स्योरेन्सले ७२ करोड ७१ लाख, राष्ट्रिय बीमा कम्पनीले ६२ करोड ६१ लाख, नेपाल इन्स्योरेन्सले ६१ करोड ९१ लाख र नेशनल इन्स्योरेन्सले ५१ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।