काठमाडौं– आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले भाैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकाे गाडीमा आगजनी गरेका छन् ।
शुक्रबार दिउँसाे मन्त्री ज्वालाले प्रयाेग गरेकाे बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरिएकाे हाे । आन्दोलनकारीले मन्त्री ज्वाला, चालक र पीएसओलाई गाडीबाट बाहिर निकालेर गाडीमा आगो लगाएका थिए ।
शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका इपीएस परीक्षाका विद्यार्थीले बालकुमारी, ग्वार्काे क्षेत्र अवरूद्ध पारेका छन् ।
जहाज निर्माणसम्बन्धी कामका लागि लिइएको भाषा परीक्षामा अनुत्तीर्ण विद्यार्थीले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै ईपीएस कार्यालय बालकुमारी अगाडि प्रर्दशन गरिरहेका छन् ।









About Us
प्रतिक्रिया