धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न निर्देशन


बैंकिङ्ग समाचार, काठमाडाैं- सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको छ । 

बिहीबार बसेको समितिको बैठकले हमालको सम्पत्ति छानबिनका लागि सम्पत्ति शुद्धीकरणका लागि पत्राचार गर्ने निर्णय गरेको छ । घाटामा रहेका कम्पनीलाई सेयर निष्काशन तथा प्रिमियममा सेयर निष्काशन गर्न दिएकाले भ्रष्टाचारको आशंका पैदा भएको भन्दै समितिले सम्पत्ति छानबिनका लागि विभागमा पत्राचार गर्ने निर्णय गरेकाे हाे ।